२०८३ असार १७ बुधबार

गणतन्त्रको पक्षमा एमालेको देशव्यापी जागरण र्‍याली

काठमाडौं ।
सत्तारुढ दल नेकपा (एमाले) ले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा माहोल खडा गर्दै जागरण सन्देश दिन सोमबार देशव्यापी जागरण र्‍याली सम्पन्न गरेको छ ।

देशभरका ७७ वटै जिल्ला सदरमुकाम र प्रमुख शहरहरूमा दिनभरजसो गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाइकल र्‍याली गरिएको हो ।

काठमाडौं उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली आयोजना गरिएको एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभई जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धि पनि भएकाले त्यसको रक्षाका लागि एमालेले कार्यक्रम गरेको स्पष्ट पार्नुभयो ।

राजावादीको सक्रियता बढेपछि त्यसको प्रतिवाद गर्न एमालेले देशव्यापी अभियानको घोषणा यसअघि नै गरेको थियो । त्यही घोषणाअनुसार सोमबार ¥याली गरिएको हो ।न्युज अफ नेपाल

काठमाडौं तीनकुनेमा एमालेले निकालेको र्‍याली । तस्वीर: अनिल आङदेम्बे

२०८१ चैत्र १९, मंगलवार प्रकाशित 0 Minutes 321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।