२०८३ असार १७ बुधबार

प्रेस स्वतन्त्रता जिन्दावाद,हत्यारालाई कारबाही गर भन्दै झापाली पत्रकार सडकमा

मेचीनगर । आन्दोलनको नाममा गरेको पत्रकारको हत्या र मिडिया हाउसमाथी आक्रमणको विरोधमा देशभरिनै अहिले विरोध र प्रदर्शन भएको छ ।महासंघको केन्द्रीय कार्यक्रम अनुसार आज (शनिबार)झापाका पत्रकारहरुले बिर्तामोडमा प्रदर्शन गरेकाछन् ।

शुक्रबार काठमाण्डौको तिनकुनेमा राजावादीहरुको प्रर्दशनका क्रममा पत्रकार सुरेश रजकको हत्या भएको थियो । त्यसको विरोधमा आज नेपाल पत्रकार महासंघ झापाले विर्तामोडमा प्रदर्शन गरेको हो । बिर्तामोडको मुक्ती चोकमा भेला भएका झापाका पत्रकारहरुले प्रेस स्वतन्त्रको सम्मान गर, पत्रकार हत्या र सञ्चार गृह आक्रमण गर्नेलाई कारवाही गर, प्रेस स्वतन्त्रता जिन्दावाद, पत्रकारको हत्यारालाई कारवाही गर, पत्रकारमाथिको आक्रमण बन्द गर लगायतका प्ले कार्डसहित नारा जुलुस सहित विरोध प्रदर्शन गरेका थिए ।

पत्रकारहरुको बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट शुरु भएको र्याली पश्चिम वान स्टप महल, इलाका प्रहरी कार्यालय जाने बाटो हुँदै मुक्तिचोकमा आएर कोषसभामा परिणत भएको थियो । कोणसभालाई नेपाल पत्रकार महासंघ झापाका पुर्व अध्यक्षहरुले सम्बोधन गर्दै पत्रकार हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको माग गरेका छन ।

२०८१ चैत्र १६, शनिबार प्रकाशित 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।