२०८३ असार १७ बुधबार

राजावादीको आगजनीमा परेर पत्रकार सुरेश रजकको मृत्यु

न्युज अफ नेपाल

काठमाडौं ।

राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ। राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।

उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए।

२०८१ चैत्र १५, शुक्रबार प्रकाशित 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।