मेचीनगरका किसानलाई कृषि उपकरण वितरण

मेचीनगर । मेचीनगर नगरपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।

नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यसतर्फ नगरपालिकाले कदम चालेको बताए ।

नगरपालिकाले ४० लाख ५२ हजार ८ सय रुपैयाँका किसानहरुलाई लागतको ५० प्रतिशत अनुदानमा आधुनिक कृषियनत्र औजार वितरण गरेको हो ।
नगरपालिकाका १५ वटै वडालाई यो कार्यक्रमले समेटेको छ । कृषक, समूह, फार्म र सहकारी गरी ९८ वटा छनौट भए पनि अनुदान प्राप्त गर्नेको संख्या ६८ रहेको छ ।

आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा उनीहरुलाई हाते ट्याक्टर २७, कुटि काट्ने मेशीन ४७, मकै गोड्ने मेसीन ६ , व्हील व्यारो १२ तथा धान काट्ने मेसीन र साइलेज कटर एक÷एकवटा वितरण गरिएको छ ।

नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवम् गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने दिइन् ।

कार्यक्रमको सञ्चालन आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले गरेका थिए ।

कृषि प्राविधिक टेकेन्द्र प्रधानका अनुसार मेचीनगरमा धेरै कृषकहरु लाभान्वित भएको साथै परम्परागत हलगोरुबाट खेतीपाती गर्दै आएका नगरका किसानहरूले कृषि मजदुरको अभाव भएपछि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् ।