तुइन काटेर बेपत्ता पारिएका धामी घटनाबारे काँकरभिट्टामा विरोध प्रदर्शन

प्रविन अधिकारी

झापा । दार्चुलामा शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर बेपत्ता पारिएका जयसिंह धामी घटनाको विरोधमा काँकरभिट्टामा प्रदर्शन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी झापाले भारतीय एसएसबीको ज्यादती विरुद्धमा पूर्वी सीमानाकामा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनको क्रममा ¥यालीसहित काँकरभिट्टा बजार क्षेत्र परिक्रममा गरिएको थियो ।

विरोध प्रदर्शन कार्यक्रम देवकोटा पार्क नजिकै बसपार्कबाट शुरू भएर भट्टराईचोक हुँदै बजार परिक्रमा गरेर हनुमान मन्दिर परिसरमा आएर कोणशभामा परिणत भएको थियोे ।

विरोध ¥यालिमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।

¥यालीपछिको कोण सभालाई सम्बोधन गर्दै पार्टीका झापा सचिव तारा थापा (प्रशान्त) ले अव्यवस्थित राज्यसत्ता र संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो बैज्ञानिक समाजवादको बाटो रहेको ठोकुवा गरे।

भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा सह्य नहुने भन्दै सबै नेपाली जनताले यसको विरोध गर्नुपर्ने उल्लेख गरे ।

त्यस्तै कार्यालय सचिव संजयले कुनै पनि हत्या हिंसा, भ्रष्टाचार, बेथिति, अन्याय, अत्याचार पार्टीलाई सह्य नहुने भन्दै यसका विरूद्व जहिले जहाँ र जुनसुकै परिस्थितिमा सशक्त संघर्ष र प्रतिकारमा उत्रने बताए ।

आक्रोशित भएका उनले केपी, प्रचण्ड , देउवाहरू विदेशीको गोटि बनेको भन्दै संसदीय व्यवस्था असफल भैसकेको र व्यवस्था परिवर्तनका लागि आफुहरू बलिदान गर्न तयार रहेको बताए ।

भारतीय अतिक्रमण र दादागिरीका विरूद्व जस्तोसुकै संघर्ष गर्न तयार रहेको भन्दै उनले नेपालका नेता साम्राज्यवादि र पश्चिमाको कारिन्दा भएका कारण जनताल यो अवस्था भोग्नुपरेको उल्लेख गरे । पार्टील १८ गते दमकमा पुनः प्रदर्शन गर्ने जानकारीसमेत दिएको छ ।

पार्टीका विभिन्न जनवर्गीय संगठन तथा मोर्चासहितको सहभागिता रहेकोक सभाको सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव संजय राईले गरेका थिए ।

शुक्रबार बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका २ माल भन्ने स्थानबाट भारत उत्तराखण्ड जिल्लाको पिथौरागढमा पर्ने पांगल भन्ने स्थानमा जाने क्रममा व्यास गाउँपालिका २ माल बस्ने ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।

जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तुइनको तार काटिदिएको आरोप छ ।

सो सम्बन्धमा आवश्यक छानवीन भइरहेको प्रहरीले जनाएको छ ।