
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलले पदबाट राजिनामा दिएका छन् । सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमितता सम्बन्धी उजुरी दिए पछि जिल्ला समितिले खरेलविरुद्धको उजुरी केन्द्रीय समितिमा पठाएपछि खरेलले राजिनामा दिएको बताइएको छ ।
रास्वपाको जिल्ला समितिले खरेललाई कारबाहीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेसंगै खरेलले केही दिन अघि पदबाट राजिनामा दिएको बुझिएको छ ।

आफ्ना बारेमा नभएका कुरा प्रचार गरिए पछि आफुले राजिनामा दिएको रास्वपा झापाका अध्यक्ष खरेलले बताए। उनले भने-‘मेरा विरुद्ध हुँदैं नभएको कुरा प्रचार गरियो, अब पार्टी केन्द्रीय समितिले के निर्णय गर्छ त्यही हुन्छ।”
केही दिन अघि रास्वपा झापाका अध्यक्ष खरेलबिरुद्ध पार्टीकै कार्यकर्ताले चरित्रमाथि प्रश्न उठाउँदै पार्टीमा उजुरी दिएका थिए । खरेलमाथि आर्थिक अनियमितता र नैतिक चरित्रमा प्रश्न उठाउँदै जिल्ला समितिले तत्काल निलम्बन गरी थप कारबाही अघि बढाउन केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।