सन्दीपले द हन्ड्रेड गुमाउने सम्भावना

एजेन्सी । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको ) प्रतियोगिता सुरुवाती खेल गुमाउने लगभग निश्चित जस्तै बन्दा पूरै प्रतियोगितानै गुमाउने सम्भावना पनि छ ।

बिहिबारदेखि सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए । इएसपिएनक्रिकइन्फोका अनुसार सन्दीप भिसा कारण सुरुवाती खेल गुमाउने सम्भावना छ ।

सन्दीप गत असार २४ मा इंग्ल्यान्ड गएका थिए । सोमबार उनले बेलायत सरकारबाट मान्यता प्राप्त होटेलमा १० दिनको क्वारेनटाइन समय पूरा गर्दैछन् । सन्दीपले भिसा कारण पुरै प्रतियोगिता पनि गुमाउने सम्भावना छ । सन्दीप युके पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न नपाउने बुझिएको छ ।

सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने कार्यक्रम छ । ‘यस समयमा हामी अनिश्चित छौं, मैले आज मात्र यसबारे थाहा पाएँ । धेरै खेलाडीको लागि यो कठिन समय हो । उनी एक उत्कृष्ट प्रतिभा हुन् र आशा गरौं यो समस्या समाधान हुनेछ’, इन्भिन्सिबल्सका कप्तान साम बिलिंग्सले भने ।

बिहिबार राती हुने खेलमा तीन विदेशी खेलाडी मध्य दुई मात्र खेलाडीलाई खेलाउने सम्भावना छ । सुनिल नारायण र कोलिन इनग्राम छनोटमा उपलब्ध हुने छन् । इएसपिएन क्रिकइन्फोका अनुसार सन्दीप प्रतियोगिता पूर्ण रुपमा प्रतियोगिताबाट बाहिर रहेमा उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीलाई तयार पारिएको बुझिएको छ । शाम्सी टि२० वरियता नम्बर वान बलर हुन् । यसले पनि सन्दीपको सहभागीता चिन्ता बढाएको छ ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् । फाइनल २१ अगष्टमा हुने छ ।