एनएमसीको ४२ औं शाखा भृकुटीमा

मेचीनगर । नेपाल बहउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले मेचीनगर–२ स्थित भृकुटीमा आफ्नो शाखा विस्तार गरेको छ ।

एनएमसीको ४२ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटी शाखाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

मेचीनगर–२ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बाहुण्डाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा विशेष अतिथि संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन मेचीनगर क्षेत्रीय कार्यालय प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।

उद्घाटन भएसँगै शाखाले मंगलबारबाटै आफ्नो कारोबार सुरु गरेको छ ।

संस्थाले यो बर्षबाट आफ्नो सेवा क्षेत्रलाई झापासँगै छिमेकी जिल्लाहरु इलाम र मोरङमा समेत विस्तार गरेको छ ।

वि.सं. २०५० सालमा स्थापना भएको सहकारीको हाल १ लाखबढी सेयर सदस्य रहेका छन् ।