पछिल्ला दुई विश्व विजेता जर्मनी र फ्रान्सबीच भिडन्त

झापा । युरो २०२० अन्तर्गत आज पहिलो चरणका अन्तिम खेलहरु हुँदै छन् ।

अन्तिम चरणका दुई खेल मध्ये आजको अन्तिम खेलमा दुई पछिल्ला विश्व विजेता आमनेसामने हुँदै छन् । पहिलो खेलमा हंगेरीले पोर्चुगलको सामना गर्दा दोस्रो खेलमा जर्मनी र फ्रान्सबीच भिडन्त हुनेछ ।

राति ९ः४५ बजे युरो कपको साविक विजेता पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा बलिया प्रतिस्पर्धी फ्रान्स र जर्मनीबीच खेल हुँदैछ । जर्मनीको म्युनिखमा हुने खेल राति १२ः४५ बजे सुरू हुनेछ ।

पोर्चुगल र हंगेरीबीच अहिलेसम्म १३ खेल भएका छन् । जसमा पोर्चुगल अपराजित छ। १३ मध्ये पोर्चुगलले ९ जित निकाल्दा ४ खेल बराबरीमा सकिएका छन् ।

यस्तै दुई पूर्व विश्व विजेताबीच हुने खेल समूह चरणको बहुप्रतिक्षित खेल हो ।

फ्रान्सविरुद्धको खेलअघि जर्मनीका प्रशिक्षक जोचिम लोले दुवै टिमसँग उत्कृष्ट अंग्रपक्ति भएकाले प्रत्येक सेकेन्ड खेलमा केन्द्रीत हुनु पर्ने बताएका छन् ।

जर्मनीविरुद्ध खेलका पछिल्ला पाँच खेलमा फ्रान्स अपराजित छ । पाँच मध्ये फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएका छन् ।