काँकरभिट्टाका गुरुङ परिवारको पाथीभरालाई एक लाख नगद

काँकरभिट्टा । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा झापा मेचीनगरका गुरुङ परिवारले एक लाख रुपैयाँ रकम चढाएका छन् ।

मेचीनगरा–६ काँकरभिट्टाका इन्द्रबहादुर गुरुङको परिवारले पाथीभरा क्षेत्र विकास कोषमा एक लाख २५ रुपैयाँ जम्मा गरेको समितिका सदस्य इन्द्रनारायण भट्टराईले जानकारी दिए ।

गरुङकी श्रीमती भीमा गुरुङ, छोरा यमराज, बुहारी शोभा, छोरीज्वाईं विमला र योगेश गुरुङ, नातीहरु निर्जल र निश्चल गुरुङको नाममा नगद चढाएको इन्द्रबहादुरले जानकारी दिए ।

माता पाथीभराले मनोकांक्षा र उद्देश्य पूरा गरिदिने विश्वास राख्दै पछिल्लो समय देवीको दर्शन गर्ने र भेटि चढाउने चलन बढेको छ ।