२०८३ असार १७ बुधबार

लरेन्स विश्नोईको नामबाट नेपाली व्यवसायीलाई धम्की दिने युवक पक्राउ

न्युज अफ नेपाल

काठमाडौँ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१३, चारआलीका ३६ वर्षीय हरिचन्द्र फुयाल रहेका छन्।

उनले नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिलाई भारतीय नम्बरबाट फोन तथा मेसेज गरेर आफूलाई भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको सदस्य बताउने गरेको र त्यो काम मेडिकल व्यवसायी प्रसाईंको निर्देशनमा गरेको बयान प्रहरी समक्ष दिएका छन्। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

२०८१ मंसिर १४, शुक्रबार प्रकाशित 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।