२०८३ असार १७ बुधबार

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपका लागि आज उपस्थित गराइएका रविलाई भीमलाल बेलबासेको इजलासले १५ दिनको म्याद थपको अनुमति दिएको हो।

यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएपछि आज फेरि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो। सहकारी ठगी प्रकरणमा लामिछाने २ कत्तिकमा काठमाडौँबाट पक्राउ परेका थिए।

लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ।न्युज अफ नेपाल

२०८१ मंसिर ९, आईतवार प्रकाशित 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।