२०८२ असार २० शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारकायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

२०८१ जेष्ठ २०, आईतवार प्रकाशित 1 Minute 185 Views

ताजा समाचार