२०८२ जेष्ठ १९ आईतवार

नारी

नारी हुन् गतिशील सरीता, हुन् सृष्टि र सम्भावना
नारी हुन् समस्त जगको, हुन् मंगलमय कामना
नारी हुन् सहनशील धरती, हुन् अग्नि वायु अनि
नारी हुन् लक्ष्मी र सारदा, हुन् रौद्र, चण्डी पनि ।१।

नारी हुन् जगत् जननी, वात्सल्यकी प्रतिमा
नारी हुन् रस, राग, वयकी, शृङ्गारकी सृजना
नारी हुन् ब्रह्माण्ड भरकी, माधुर्य खानी पनी
नारी हुन् घटा पियुषकी, करुणामय संजिवनी ।२।

नारी हुन् सौहार्द्र ममता, हुन् प्रेमकी सागर
नारी हुन् अपार शक्ति, हुन् उर्जा अनि जाँगर
नारी हुन् रत्न धराकी, हुन् नक्षत्र अनि चाँदनी
नारी हुन् सौरभ जगको, हुन् निश्चल मन्दाकिनी ।३।

नारी हुन् कर्मविर धराको, जोड्छिन सदा पाखुरी
नारी हुन् कुसुमपत्र रङ्गमा, छर्छिन् सदा माधुरी
नारी हुन् चरित्र जीवनकी, गर्छिन् कला अब्बल
नारी हुन् चित्रकार सदा यी, भर्छिन् रङ्ग सज्जल ।४।

(तिलोत्तमा, रूपन्देही)

२०८० चैत्र ३, शनिबार प्रकाशित 0 Minutes 508 Views

ताजा समाचार