२०८२ बैशाख २७ शनिबार

रेशम चौधरीलाई आयोगले स्वीकारेन नाउपाको अध्यक्ष, रञ्जितालाई नै निरन्तरता

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ ।

बिहीवार आयोगले निर्णय गरी पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिए । ‘अध्यावधिक गराउन निवेदन आएको थियो । त्यसमा राजनीतिक दलसम्बन्धी ऐन अनुसार अयोग्य पाइएको हुँदा अध्यावधिक नगर्ने र पुरानै कायम गर्ने निर्णय भएको छ,’ उनले भने ।

नाउपाले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो । महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा पठाइएको थियो ।

आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्यसमितिलाई स्वीकार गरेन भने श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई निरन्तरता दिएको छ । विवरण अद्यावधिक गराउन निवेदन दिएसँगै त्यसविरूद्ध दुई वटा उजुरी समेत परेको थियो ।

त्यस उजुरीपछि आयोगले रेशम चौधरी र नाउपासँग कर्तव्‍य ज्यान कसुरमा दोषी भएर र राष्ट्रपतिबाट माफी पाएका व्यक्तिले कसुर नै नगरेको भन्न मिल्छ भनेर प्रश्न सोधेको थियो । सेतोपाटी

२०८० फाल्गुन २४, बिहीबार प्रकाशित 0 Minutes 197 Views

ताजा समाचार