
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रवार बस्दै छ ।
बैठक दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो । प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा आगामी सोमवारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने छ ।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउन पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले जानकारी दिए । अनलाइन खबर
२०८० माघ १९, शुक्रबार प्रकाशित
0 Minutes
134 Views