गत डिसेम्बरमा उत्तर कोरियाले होसङ १८ व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्दा किमल जो उनले छोरीसँगै लगेका थिए । यस्तै गत नोभेम्बरमा जासुसी भू- उपग्रह मलिग्योङ-वान परीक्षण गर्दा पनि छोरी साथमै थिइन् । उत्तर कोरियामा महिलाले शासन गरेको इतिहास छैन । मुलुकमा व्याप्त पितृसतात्मक सोचलाई किमले चुनौती दिन खोजेको रुपमा पनि यसरलाई लिइएको छ ।
सन् २०२२ देखिनै किमकी कान्छी छोरीलाई उच्च अधिकारीका रुपमा सार्वजनिक समारोहमा प्रस्तुत गरिँदै आएको थियो । हाल किम जो उनकी छोरी १० वर्षको मात्रै छिन् । सन् २०२३ फेब्रुअरीमा उनलाई राज्यका मिडियाले किम जोन उनकी प्यारी छोरी भन्दै सम्बोधन गरेका थिए । त्यसको केही सातापछि उनलाई सम्मानित छोरीको उपमा दिइयो । यो विशेषण अति सम्मानितका लागि आरक्षित हो । जब किम जो उन भविष्यका नेताका रुपमा व्याख्या गरिएको थियो त्यस बेला पनि उनलाई सम्मानित कमरेडका रुपमा सम्बोधन गरिएको थियो ।
उत्तर कोरियाको स्थापना देखिनै यसलाई किमको तेस्रो पुस्ताले नेतृत्व गर्दै आएको छ । त्यहाँ नागरिकहरुलाई किम पवित्र वंश रहेकाले मुलुकको नेतृत्वको अधिकार यस वंशलाई मात्रै रहेको बताइएको छ । किम जोन उनले अब नेतृत्व चौथो पुस्तामा हस्तान्तरण गर्ने तयारी गरेका हुन् ।
३९ वर्षका किमले आखिर बालखै रहेकी छोरीलाई किन उत्तराधिकारीका रुपमा अघि सारिरहेका छन् त ? यो प्रश्नको जवाफ त्यहाँको संस्कृतिले दिन्छ । किम जोन उनका पिताले उनलाई आठ वर्षको उमेरमा उत्तराधिकारीका रुपमा प्रस्तुत गरेका थिए । पिताले सैन्य अधिकारीभित्र मात्रै यो कुरा सिमित राखेका थिए ।
पिताको मृत्यु हुनु एक वर्षअघि मात्रै उनी पिताको उत्तराधिकारी रहेको कुरा सार्वजनिक भएको थियो । जसले किम जोन उनलाई दरिलो रुपमा शासन गर्ने वातावरण तय गर्यो । यता, किम जोन उनले भने सार्वजनिक रुपमै छोरीलाई उत्तराधिकारी बनाउने छनक दिइसके ।
किम जोन उनले छोरीले कार्यभार सम्हाल्नुअघिनै उनलाई मानसिक रुपमा तयार बनाइरहेका छन् । यसले छोरीले कार्यभार सम्हाल्दासम्म उनको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा किम जोन उनको छ ।
– बीबीसीको सहयोगमा