२०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री प्रचण्डले देउवासँग मागे विश्वासको मत, देउवाको जवाफ- पार्टीमा छलफल गर्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार अबेर साँझ भेट भएको छ। देउवालाई भेट्न प्रचण्ड साँझ ७ बजेतिर उनको निवास धुम्बाराही नै पुगेका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग विश्वासको मत मागेको कांग्रेसका एक नेताले बताए।

‘आफूलाई विश्वासको मत दिए कांग्रेसलाई सभामुख दिन सकिने पनि प्रचण्डले बताउनुभएको छ,’ ती नेताले भने।

जवाफमा देउवाले आफू सकारात्मक भएको र यसबारे पार्टीमा छलफल गर्ने भनेर प्रचण्डलाई भनेको ती नेताले बताए।

आज प्रचण्डसँगको छलफलमा देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला पनि थिए।

‘प्रधानमन्त्रीजीले विश्वासको मतका लागि सहयोग माग्नुभयो। नेपाली कांग्रेस संसदीय दलबाट तपाईंहरूले सहयोग गर्नुपर्‍यो भन्नुभयो। सभापतिजीले भोलि बैठक राखेको छु, साथीहरूसँग छलफल गर्छु भन्नुभएको छ,’ उपसभापति खड्काले भने।

कांग्रेस पदाधिकारी बैठक र संसदीय दल बैठक मंगलबार बिहान बस्ने र त्यहीँ प्रचण्ड सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय हुने छ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न गएका हुन्। देउवाको बुढानिलकण्ठस्थित घर मर्मत गरिरहेको हुँदा धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका छन्। सेतोपाटी

२०७९ पुष २५, सोमबार प्रकाशित 1 Minute 203 Views

ताजा समाचार