२०८१ बैशाख १६ आईतवार

प्रदेश १ ले २८ पुसमा सभामुख पाउने

विराटनगर । प्रदेश १ प्रदेशसभाको सभामुख पुस २८ गते चयन गर्ने भएको छ ।  प्रदेश १ प्रदेश सभामा आइतबार भएको दलहरुको सर्वदलीय बैठकले पुस २८ गते सभामुख र ३० गते उपसभामुख  चयन गर्ने निर्णय गरेको हो ।
बैठकले सोमबारका लागि तय गरिएको प्रदेश सभा २६ गतेलाई सार्ने निर्णय गर्दै सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका तय गरेको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
मुख्यमन्त्री एमालेको भागमा परेकोले सभामुख माओवादी केन्द्रले पाउनेछन् । माओवादीको भागमा सभामुख पाउने भएपछि राजेन्द्र कार्की र बावुराम गौतमको चर्चा रहेको छ । कार्की संखुवभासको क्षेत्र नं. १ र गौतम ओखलढुंगाको क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका उद्धव थापा, माओवादीका इन्द्र आङ्बो राप्रपाका भक्ती सिटौला सहभागी रहेका थिए ।

२०७९ पुष २४, आईतवार प्रकाशित 0 Minutes 323 Views

ताजा समाचार