२०८१ बैशाख १७ सोमबार

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार रातिदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

२०७९ पुष २४, आईतवार प्रकाशित 0 Minutes 192 Views

ताजा समाचार