२०८१ बैशाख १७ सोमबार

नेपालको राजनीतिमा चीनको प्रभाव

रवि राई
चीनले विगतमा नदेखिने गरी गुप्तरुपमा गरेको र खेलेको वर्तमानमा आएर खुला भएको छ । नेपालको राजनीतिमा चीनले खुलेर प्रभाव जमाएको देखिन्छ । अहिले बनेको सरकार त्यसैको परिणाम हो । हस्तक्षेपकारी भूमिकाका कारण नेपाल थप अस्थीर बन्ने गरेको छ ।
हाम्रो परस्पर विरोधी कूटनीति र रणनीतिको एउटा दृष्टान्त के देखिन्छ भने आफूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरिरहेको नेपालले सन् १९८८-०८९मा गुप्तरुपमा जमीनबाट आकाशमा प्रहार गर्न सकिने मारक अश्त्रसहित चीनसँग खरीद गरेको सयौँ ट्रक हतियारको खेपको अन्तर्राष्ट्रिय र खास गरेर भारतीय प्रतिक्रिया के हुन्छ हुन्छ भनेर नेपालले कसरी बुझ्न सकेन, त्यो एउटा यक्ष प्रश्न नै बनेको छ ।
चीनबाट हातहतियारको खरीद आलु र प्याज खरीद गरेर ल्याइएको जस्तो मानिन्न, थिएन । त्यसको रणनीतिक असरको पूर्वानुमान र त्यसको प्रतिरक्षा रणनीति निर्माण नेपालले गरेको थिएन भन्ने पनि प्रष्ट भइसकेको छ ।

नेपालले त गरेन-गरेन २०१६ सालमा नेपालमा चीनले भारतसँग प्रतिष्पर्धा गर्न हुँदैन र सक्दैन त्यसकारण भारतले भन्दा एक रुपैयाँ भने पनि कम सहयोग रकम दिन्छौँ दिन्छौँ भन्ने चीनले २०४५ सालमा जमिनबाट आकाशमा प्रहार गर्ने मारक हतियार समेत बेच्दा भारतले गर्ने प्रतिक्रियाको पूर्वानुमान चीनजस्तो विशाल मुलुकले नगरेको हुनै सक्दैन । त्यो नेपाल, भारत र चीन सम्बन्धमा एउटा प्रस्थान बिन्दु थियो र त्यो आज आएर नेपालको आन्तरिक राजनीतिको एउटा शक्तिको रूपमा समेत चीन स्थापित भइसकेको छ ।

केही वर्ष अघि एक माओवादी नेताले सांसद खरीद गर्न चिनियाँहरूसँग पैसा मागेको अडियो प्रकरण, नेकपा भित्रको विवादको क्रममा निवर्तमान चिनियाँ राजदूतको विशेष दौडधूप र हालै एकजना माओवादी नेताको चीन भ्रमण र एक चिनियाँ मन्त्रीको नेपाल भ्रमण पछि एकाएक नेपालमा निर्मित नयाँ र नाटकीय राजनीतिक समीकरणले पर्दा पछाडिका धेरै गतिविधिलाई प्रष्ट पार्दछ ।

यता हालका वर्षहरूमा आएर हुम्ला र दोलखाको नेपाल-चीन सीमा क्षेत्रमा चीनले सीमा मिचेको सन्दर्भ आएपछि राजनीतिक र कूटनीतिक क्षेत्रमा चासो, चिन्ता, दबाब र तनाव देखिने गरेको छ । त्यसमा नेपालका कम्युनिस्ट पार्टीहरू र नेपाली कांग्रेसको फरक र विपरित स्थापनाले नेपालको आन्तरिक राजनीतिको बाह्य पक्षलाई खतरनाकरुपमा अभिव्यक्त गरेको छ ।

झापा, हालः युएई

२०७९ पुष २४, आईतवार प्रकाशित 1 Minute 463 Views

ताजा समाचार