२०८३ श्रावण १ शुक्रबार

गृह मन्त्रालयको एक लाखसहितको सम्मान समृद्धि प्रतिष्ठान नेपाललाई

झापा । लागु औषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापनाको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत मेचीनगर–७ स्थित समृद्धि प्रतिष्ठान नेपाल सम्मानित भएको छ । गृह मन्त्रालयको लागु औषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रलाई प्रदान गरिने अनुदान वितरण कार्यविधि २०८३ बमोजिम गृह मन्त्रालयले प्रतिष्ठानलाई सम्मान गरेको हो ।


लागु औषध नियन्त्रण तथा पीडितलाई सामाजिक पुनःएकीकरण गर्ने अभियानमा निरन्तर प्रभावकारी कार्यसम्पादनका लागि प्रतिष्ठानलाई एक लाख रुपियाँसहित सम्मानित गरिएको हो । लागु औषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापनाको क्षेत्रमा विगतदेखि नै काम गर्दै आएको प्रतिष्ठानले सिमानाकामा हुने गरेको लागु औषध प्रयोगकर्ताको उपचारलाई अभियानको रुपमा सञ्चालन गर्दै आएको प्रतिष्ठानका अध्यक्ष कविन्द्र उप्रेतीले बताउनुभयो । राज्यस्तरबाट गरिएको यसप्रकारको सम्मान तथा पुरस्कारले यस क्षेत्रमा थप काम गर्न आफूहरुलाई हौसला प्राप्त भएको अध्यक्ष उप्रेतीले बताउनु भयो ।

२०८३ असार ३२, बिहीबार प्रकाशित 0 Minutes 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार