काँकरभिट्टा/मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष ०८२/ ०८३ को असार मसान्तसम्मको अवधिमा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजश्व संकलन गरेको छ ।
देशकै राजश्व संकलनको हिसाबले सातौँ स्थानमा रहेको मेची भन्सारले कूल राजश्व लक्ष्यको ९६ दशमलव ६४ प्रतिशत राजश्व संकलन गरेको हो । कूल लक्ष्य १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रहेको थियो ।



गत आ.व.को तुलनामा यो वर्ष झण्डै ११ प्रतिशत बढी राजश्व संकलन भएको हो । आयाततर्फ पेट्रोलियम पदार्थ ५ अर्ब ८५ करोड, डिजेल २ अर्ब ९३ करोड, सिमेन्ट क्लेरिङ, ५१ करोड ६९ लाख, एलपी ग्यास ५१ करोड ६८ लाख ६४ हजार, जिप्सन २६ करोड ८५ लाख, रेजिन २६ करोड ४१ लाख, बिटुमिन अलकत्र १९ करोड २५ लाख, भटमासको पिना १८ करोड ३३ लाख ८० हजार, तयारी कफी १६ करोड ८८ लाख ७८ हजार भारत, भुटान, बंगालादेश, भेतनाम, मलेशिया, थाइल्यान्ड, लगायतका तेस्रो मुलुकबाट आयात हुने गरेको भन्सार कार्यालयका सूचना अधिकारी माङकल राईले बताउनु भयो ।
सरकारले पेट्रोलियम पदार्थमा राजश्व घटाएपछि राजस्व संकलनमा केही कमी आएको हो । आर्थिक वर्ष ०८१/ ०८२ को वार्षिक लक्ष्य १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार थियो भने १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको राजश्व तुलनामा यो वर्ष १ अर्ब ७४ करोड, ६० लाख ४५ हजार बढी राजस्व संकलन भएको सूचना अधिकारी राईले बताउनु भयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



