२०८१ बैशाख ७ शुक्रबार

नाइट चेस क्लबकाे पद हस्तान्तरण : अध्यक्षमा विश्वबिजय घिमिरे

काँकरभिट्टा । नाइट चेस क्लबका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

क्लबको १४ औं वार्षिक साधारण सभाबाट सर्ब सम्मत निर्वाचित कार्यसमितिलाई शुक्रबार काँकरभिट्टा खानेपानकिो सभाहलमा पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।

कार्यक्रममा बोल्दै नाइट चेस क्लबका निवर्तमान अध्यक्ष राजु कार्कीले समाज रुपान्तरणमा क्लबको भूमिका महत्वपूणर् रहेको बताए । उनले क्लबलाई सामाजिक र मानवीय सेवाका क्षेत्रमा नमूना र सिर्जनशील कामहरु गरेर सबैका लागि उदाहरणीय बन्न सुझावसमेत दिएका थिए ।

निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनालीकोसमेत उपस्थिति रहेको कार्यक्रम निर्वाचन समिति सदस्य मुक्ति पौडेलको स्वागत मन्तब्य तथा सुसिल आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

निर्वाचन समितिका संयोजक दिपक पोख्रेलकाले नवनिर्वाचित अध्यक्ष विश्वबिजय घिमिरे, प्रथम उपाध्यक्ष राजु पौडेल, द्धितिय उपाध्यक्ष बसन्त श्रेष्ठ, महासचिव राजेश राउत, सचिव मिना पौडेल, कोषाध्यक्ष बाबुराम विष्ट, सदस्यहरु डम्बर खवास, कणर्बहादुर थापा मगर, नविन प्रधान, राधिका ढकाल, रेणु तिवारीलाई सपथ ग्रहण गराएका हुन् ।

निर्वाचन समितिका संयोजक दिपक पोख्रेलको सभापत्वि र कोशी प्रदेशका सांसद् गोपाल तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले चेस खेललाई आधार मानेर बनाइएको क्लबले सामाजमा राम्रो छाप छोड्न सफल भएको बताए। सासंद् तामाङले भने- नाइट चेस क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको बताए । लागुऔषध नियन्त्रणका लागि कोशी प्रदेशबाट बिनोजित रमक पनि नाइट चेस क्लबलाई उपलब्ध गराउने बताए । तेसै गरि कार्यक्रमका बिशिस्ट अतिथि निबर्तमान कोशी प्रदेशका सासंद् श्रीप्रसाद मैनालीले सामाजिक संघ संस्थामा हाम्रो हैन राम्रोलाई नेत्रित्व प्रदान गर्दै सकारात्मक सोचको बिकाश गर्नु पर्नेमा जोड दिएका थिए।

कार्यक्रमका बिच निर्वतमान अध्यक्ष राजु कार्कीले नवनिर्वाचित अध्यक्ष विश्व बिजय घिमिरेलाई अध्यक्षीय पद हस्तान्तरण गरेका थिए । समितिको कार्याकाल २ बर्ष रहने छ।

२०८० पुष १३, शुक्रबार प्रकाशित 1 Minute 259 Views

ताजा समाचार