विश्वकप लिग २ : आज नेपाल र अमेरिका भिड्दै

आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ ।

नेपालले आज अमेरिकासँग खेल्न लागेको हो। खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजे ओमानको अल अमिरत रंगशालामा हुनेछ ।

यसअघि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् ।

नेपालले हालसम्म ओमान र अमेरिकासँग तीन-तीन खेल खेलिसकेको छ। नेपाल ६ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ ।

ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १४ खेलबाट १२ अंक छ ।