आधुनिक साकोसको पाँचौ सम्पर्क कार्यालय चारआलीमा

मेचीनगर । मेचीनगर-६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्था (आबस)ले आफ्नो सम्पर्क कार्यालय विस्तार गरेको छ ।

आधुनिक साकोसको पाँचौ सम्पर्क कार्यालयको रुपमा चारआलीमा हाललाई सेवा केन्द्र विस्तार गरिएको संस्थाका ब्यवस्थापक पारस ओलीले बताए ।

सोमबार संस्थाका अध्यक्ष अंगतबहादुर थापाले सेवाकेन्द्रको रिबन काटेर उद्घाटन गरेका हुन् ।

मेचीनगर-१४ स्थित चारआलीको मुख्य चोकमा इलाम रोड र पूर्व पश्चिम राजमार्गसँग जोडिएको आर्यन प्लाजाको तेस्रो तलामा कार्यालय स्थापना भएको हो ।

सो अवसरमा संस्थाका उपाध्यक्ष मेदनी खरेल, सचिव कमल थापा, लेखा समिति संयोजक महतलाल राजवंशी, सल्लाहकार समिति सदस्य माधवलाल अर्याल, सहसचिव भुपाल ओली, महेन्द्रद्वार साकोसका अध्यक्ष राजु दाहाललगायतकोे उपस्थिति रहेको थियो ।

उपस्थित सबैलाई चारआली सेवाकेन्द्र व्यवस्थापन समिति संयोजक भीम लम्सालले स्वागत गरेका थिए ।

वि.सं. २०६८ सालमा स्थापना भएको आबसको यसअघि भद्रपुर, बिर्तामोड र भृकुटीमा सम्पर्क कार्यालय सञ्चालनमा रहेका छन् ।