२०८१ असार १२ मंगलवार

दसैंका लागि सरकारले तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने

सरकारले दसैंलाई लक्षित गरी काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने भएको छ।

सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न खसी–बोका र च्यांग्रा ल्याउने भएको हो।

विभिन्न स्थानबाट दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याइने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्।

गत वर्षभन्दा यो वर्ष पाँच सय संख्या बढाएर खसी–बोका र च्यांग्रा ल्याउन लागिएको छ।

‘गत वर्ष कोभिडले २५ सय खसी–बोका र च्यांग्रा ल्याएका थियौं,’ उनले भनिन्, ‘यो वर्ष तीन हजार ल्याउन लागिएको छ।’

दसैंका लागि सो परिमाणको खसी–बोका र च्यांग्रा ल्याउन ८ करोड ३३ लाख बजेट छुट्याइएको छ।

अहिले कम्पनीले खसी–बोका र च्यांग्रा खरिद गर्ने ठाउँहरूबारे अध्ययन गरिरहेको छ।

‘हामीले उपलब्ध हुने ठाउँ, मूल्यबारे अध्ययन गर्न सम्बन्धित कार्यालयलाई पनि पत्राचार गरेका छौं,’ उनले भनिन्।

बजार मागअनुसार खसी–बोका र च्यांग्राको संख्या थपघट हुने उनको भनाइ छ।

‘हामीले बजार मूल्य नियन्त्रण गर्न ल्याउने हो,’ उनले भनिन्, ‘बजारको मागअनुसार संख्या थपघट हुन्छ।’

कम्पनीले ल्याएको खसी–बोका र च्यांग्रा फुलपातीदेखि केन्द्रीय कार्यालयबाटै बेचिने छ।

२०८० आश्विन ९, मंगलवार प्रकाशित 1 Minute 143 Views

ताजा समाचार