२०८३ जेष्ठ २८ बिहीबार

कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु

९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

उनीहरुले अस्पताल नआऊ, डाक्टर बिरामी दुबैको ज्यान बचाऊ, स्वास्थ्यकर्मीमाथिको हिंसा बन्द गर, डाक्टर कुट्न पाइँदैन, कुटाइ खाने कहिलेसम्म ? लेखेको प्लेकार्ड बोकेका थिए ।

चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।

२०८० आश्विन ९, मंगलवार प्रकाशित 0 Minutes 367 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।