२०८० मंसिर २१ बिहीबार

सर्वसाधरणका लागि आईपीओ जारी गर्दै नेपाल आयल निगम

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारणसभामा कार्यकारी निर्देशक थानीले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।

कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । सर्वसाधरण जनता समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने उनले बताए ।

व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आईपीओ दिने तयरी रहेको थानीको भनाइ छ । विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने उनले बताए ।

ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको उनले बताए । सरकारले व्यवसायीहरूका मागहरू समयसापेक्ष रूपमा सम्बोधन चाँडै गर्ने थानीको भनाइ छ ।

मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने हिसाबले नेपाल आयल निगमले २०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको थानीले तर्क गरे । जनता, व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहने उनले तर्क गरे ।

२०८० आश्विन ९, मंगलवार प्रकाशित 0 Minutes 174 Views

ताजा समाचार