२०८३ जेष्ठ २९ शुक्रबार

प्रदीपले भने : हाम्रा मन्त्रीले राम्रो काम गरेको भनेर भाषण गर्न पाइनँ

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य पौडेलले, ‘हाम्रा साथीहरु मन्त्रिमण्डलमा हुनुहुन्छ । राम्रो काम गरेको भनेर मैले देशभरि भाषण गर्न पाइन । मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धी भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन ।’

पौडेलले आर्थिक अवस्था दयनीय रहेको टिप्पणी गरे ।

‘३५ प्रतिशत सटरहरु आज बन्द रहेको व्यवसायीले भनेका छन् । खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको छ,’ पौडेलले भने,‘एक बोरा चामलमा तिन समयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्नसक्नुपर्‍यो ।’

उनले भ्रातृ संस्थाको अधिवेशनमा आशंका राख्दै सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेका छन् ।

‘एक हजारको कमीटी बनाएर अधिवेशन सम्भव हुनसक्छ?’ उनले सभापतिसँग सोधे,‘उनीहरु अधिवेशनका प्रतिनिधि हुन्छन् कि प्रर्यवेक्षक हुन्छन् कि, छेउ किनारामा बसेर टुलुटुल हेरेर बस्ने हुन्छन्?’

अनुशासन समितिले पद्धति भन्दा बाहिर गएर आफूखुसी निर्णय गरेको उनले गुनासो गरे । अनुशासनको कारबाही गर्दा त्रुटी भएको पौडेलले बैठकमा उल्लेख गरे ।

२०८० आश्विन ७, आईतवार प्रकाशित 0 Minutes 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।