२०८० मंसिर २१ बिहीबार

मेचीनगरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

मेचीनगर । झापाको मेचीनगरमा लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार मेची पुलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–३ बिर्ताबजारका २४ वर्षीय उत्सव चौधरी, मेचीनगर नगरपालिका–९ झोडाका २९ वर्षीय निर्दोष डाँगी र सोही स्थानका २७ वर्षीय साजन राजवंशी रहेका छन् ।

प्रहरीले राजवंशी र डाँगीको साथबाट १ ग्राम ९ सय मिलिग्राम र चौधरीको साथ बाट १ ग्राम ८ सय गरी ३ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । भारतबाट लागु औषध सेवन गरी हिँडेर आइरहेका उनीहरूलाई मेची पुलमा पक्राउ परेका थिए ।

२०८० आश्विन ५, शुक्रबार प्रकाशित 0 Minutes 397 Views

ताजा समाचार