
मेचीनगर । मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुपमा टेकप्रसाद रेग्मी आउने भएका छन् । हाल झापाकै भद्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रेग्मीलाई मन्त्रालयले मेचीनगरमा सरुवा गरेको हो ।
यसअघि मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीलाई सरकारले मन्त्रालय तानेको छ । पराजुली पाँच महिना मेचीनगरमा बसेर मन्त्रालय फर्किएका छन् । प्रमुख प्रशासकीय अधिकृत रेग्मी केही दिन भित्रै मेचीनगर सम्हाल्न आउने बताइएको छ ।

२०८० आश्विन ५, शुक्रबार प्रकाशित
0 Minutes
613 Views