२०८३ जेष्ठ २८ बिहीबार

मेचीनगर नगरपालिकाको कमाण्ड सम्हाल्न रेग्मी आउने

मेचीनगर । मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुपमा टेकप्रसाद रेग्मी आउने भएका छन् । हाल झापाकै भद्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रेग्मीलाई मन्त्रालयले मेचीनगरमा सरुवा गरेको हो ।

यसअघि मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीलाई सरकारले मन्त्रालय तानेको छ । पराजुली पाँच महिना मेचीनगरमा बसेर मन्त्रालय फर्किएका छन् । प्रमुख प्रशासकीय अधिकृत रेग्मी केही दिन भित्रै मेचीनगर सम्हाल्न आउने बताइएको छ ।

२०८० आश्विन ५, शुक्रबार प्रकाशित 0 Minutes 922 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।