२०८० मंसिर २१ बिहीबार

पत्रकार महासंघ मोरङमा तालाबन्दी

विराटनगर । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरले आफ्नो समूहका उपाध्यक्षले कार्यवहाक अध्यक्ष पाउनु पर्ने माग गर्दै बिहीबार पत्रकार महासंघ मोरङ शाखाको कार्यालयमा तालाबन्दी गरेको छ ।

संघका सभापति सञ्जीव खनाल विदेश गएका र उनले विदेशबाट भदौ २९ गते नेपाल प्रेस युनियनबाट महिला उपाध्यक्षमा निर्वाचित तारा आचार्यलाई कार्यवहाक अध्यक्ष तोकेको पत्र पठाएका थिए । सेन्टरले आफ्नो समूहबाट खुला उपाध्यक्षमा विजयी मोहन भट्टराईले विधानत: कार्यवहाक अध्यक्ष पाउनु पर्ने माग गर्दै बिहीबार तालाबन्दी गरेको सेन्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खनालले विदेशबाट कार्यवहाक अध्यक्ष तोकेर पठाएको पत्र नक्कली भएको र अध्यक्षलाई विधानले कार्यवहाक तोक्ने अधिकार विधानत: नभएको विज्ञप्तिमा उल्लेख छ । विधानअनुसार भट्टराईलाई कार्यवहाक तोकेको पत्र प्रदेश र केन्द्रले नपठाएसम्म तालाबन्दी कायम रहने प्रेस सेन्टरले विज्ञप्तिमार्फत जनाएका छन् ।

२०८० आश्विन ४, बिहीबार प्रकाशित 0 Minutes 96 Views

ताजा समाचार