२०८१ जेष्ठ ९ बुधबार

शिक्षक र सरकारबीचको बैठक निष्कर्षविहीन

काठमाडौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नगरी टुंगिएको हो ।

बैठक भोलि बिहान ८ बजे फेरि बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनले आजको बैठक वार्ताको माहोल तयारमा केन्द्रित रहेको बताए ।

उनले आज कुनै पनि प्रकारको सहमति नभएको बताए । आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।

“जबसम्म हाम्रा माग पूरा हुँदैनन्, तबसम्म हस्ताक्षर पनि गर्दैनौँ, आन्दोलन पनि जारी रहन्छ,” उनले भने ।

२०८० आश्विन ४, बिहीबार प्रकाशित 0 Minutes 98 Views

ताजा समाचार