खोटाङ । कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तिलककुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन् । जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चौकमा कालो झन्डा देखाएका हुन् ।
कालो झन्डा देखाउने र सुरक्षाकर्मीबीच झडप हुँदा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन् । बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



