२०८१ बैशाख २ आईतवार

रोट्राक्ट क्लब अफ काँकरभिट्टाले दीप प्रज्वलन गरेर मनायो संविधान दिवस

काँकरभिट्टा । मेचीनगर-६ काँकरभिट्टास्थित बस पार्कमा ८ औं संविधान दिवस रोट्राक्ट क्लब अफ काँकरभिट्टाले दीप प्रज्वलन गरेर मनाएको छ ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त दीप प्रज्वलन कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले यो नेपाली जनताको जनप्रतिनिधिले बनाएको विश्वकै अग्रगामी र उत्कृष्ट संविधान हो । यो संविधान नेपालको अहिलेसम्मकै उत्कृष्ट संविधान रहेको भन्दै संविधान निर्माण गर्न हरेक राजनीतिक दलको महत्वपूर्ण भुमिका रहेको बताइन् । सहिदहरुको बलिदानबाट प्राप्त लोकतन्त्रको उपलब्धि नेपालको संविधानको रक्षा नेपाली जनताले नै गर्नुपर्ने कार्यक्रम संयोजक बासुदेव गौतमले बताए ।

उक्त दीप प्रज्वलन कार्यक्रमको सभापतित्व रोट्राक्ट क्लब अफ काँकरभिट्टा वर्ष २०२३/२४ का अध्यक्ष सौभाग्य थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका सचिव आशिष उप्रेतीले गरेका थिए ।

२०८० आश्विन ३, बुधबार प्रकाशित 1 Minute 268 Views

ताजा समाचार