२०८३ जेष्ठ २८ बिहीबार

साउदीमा बेपत्ता भएका झापाका सुवेदी सकुशल फेला

साउदी अरबको रियादबाट बेपत्ता घनेन्द्र सुवेदी एक्जिट १९ मा सकुशल भेटिएका छन् । बुधबार साँझ ६ बजे १९ नम्बरको रबिया हस्पिटलको छेउमा एक पाकिस्तानी रेस्टुरेन्टमा काम गर्ने नेपालीले सुवेदीको बारेमा जानकारी दिएका थिए । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापा र सहकोषाध्यक्ष सुजन घिमिरेले भेटेर, खाना खुवाएर उनको कम्पनीमा पुर्याएको जानकारी दिए ।

लगातार सात दिनसम्म उनको व्यापक खोजी गरिएको सहकोषाध्यक्ष घिमिरेले बताए । उनका अनुसार सुवेदीलाई नेपाल फिर्ता पठाउने सम्बन्धमा सरसल्लाह भइरहेको छ ।

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका झापा दमक–९ का घनेन्द्र सुवेदी गत सातादेखि सम्पर्कविहीन भएका थिए । साउदी अरबको रियादस्थित अल अरिद कम्पनीमा सन् २००३ देखि उनी क्रेन डाईभरका रूपमा कार्यरत रहेका थिए। सुवेदी गत बुधबार बिहान ८ बजे आफ्नो मोबाइल र कम्पनीको मोबाइल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर सम्पर्कविहीन भएका थिए ।

२०८० आश्विन ३, बुधबार प्रकाशित 0 Minutes 427 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।