२०८० फाल्गुन २१ सोमबार

झापा कारागारका १८ जना कैदीको सजाय माफी

संविधान दिवसको अवसरमा झापा कारागारका १८ जना कैदीले कैद सजाय माफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले देशभरिका ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेकोमा त्यसमध्ये झापा कारागारका १८ जना परेका हुन् ।

आफूहरुले ३५ जनाको नाम सिफारिस पठाएकोमा १८ जनाको मात्र कैद सजाय मिनाहा भएको झापा कारागार प्रमुख मोहन पनेरुले बताए । उनले कोशी प्रदेशका १८० जना कैदीले कैद सजाय माफी पाएको जानकारी दिए । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।

२०८० आश्विन ३, बुधबार प्रकाशित 0 Minutes 226 Views

ताजा समाचार