२०८१ चैत्र ३ आईतवार

साउनमा भित्रियो एक खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनमा एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

गत वर्षको साउनमा ८२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

२०८० भाद्र ३१, आईतवार प्रकाशित 0 Minutes 122 Views

ताजा समाचार