२०८३ जेष्ठ २१ बिहीबार

साउनमा भित्रियो एक खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनमा एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

गत वर्षको साउनमा ८२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

२०८० भाद्र ३१, आईतवार प्रकाशित 0 Minutes 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।