२०८० आश्विन १५ सोमबार

बुद्धशान्तिका एक युवक ब्राउन सुगरसहित पक्राउ

बुद्धशान्ति । बुद्धशान्तिका एक युवक लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका- ७ सुनमाई बस्ने २८ वर्षीय आशिष् राई रहेका छन् ।

शनिबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले राईको घर कोठामा शङ्का लागेर चेकजाँच गर्दा सिरानीमुनि लुकाई राखेको २ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० भाद्र ३१, आईतवार प्रकाशित 1 Minute 109 Views

ताजा समाचार