२०८३ जेष्ठ २८ बिहीबार

आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकको संघ घोषणा

काठमाडौँ – नेपाल चिकित्सक संघले आइतबार (भोलि) देशभरका स्वस्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने घोषणा गरेको छ।

संघले हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेको हो।

यसअघि संघले हेटौँडाको सञ्चो अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त विडामीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो।

संघले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा नल्याएको हुँदा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको जनाएको छ।

संघले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको सुनिश्चितका गर्नुपर्ने, देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने, चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि काम अगाडि बढाउनुपर्नेलगायतका ७ बुँदे माग राखेको छ।

२०८० भाद्र ३०, शनिबार प्रकाशित 0 Minutes 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।