२०८१ श्रावण ८ मंगलवार

गैह्रीगाउँ हत्या प्रकरण : शव परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको  दिव्य सःमिलमा हत्या भएका चारजनाको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको जनाएको छ

दिव्य सः मिलभित्र गएराति खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा चारजनाको शव फेला परेको थियो ।

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा वर्ष ७५ की शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङ घर भएका १९ वर्षका नवीन राई रहेको हत्या भएको थियो ।

धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

२०८० भाद्र ३०, शनिबार प्रकाशित 0 Minutes 173 Views

ताजा समाचार