२०८३ जेष्ठ २८ बिहीबार

हेटौंडामा डाक्टर कुट्ने ४ जना पक्राउ

(मकवानपुर) — हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्‍न ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि बिरामी हेरिरहेकै समयमा सांघातिक आक्रमण भएको थियो ।

एक महिनाअघि डेंगी सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तहरू आक्रामक भएका हुन् । डेंगी सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

२०८० भाद्र २८, बिहीबार प्रकाशित 0 Minutes 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।