२०८३ जेष्ठ २८ बिहीबार

झापामा एक भारतीय नागरिक धान खेतमा मृत फेला

झापा गाउँपालिकामा एक भारतीय मृत फेला परेका छन् । झापा गाउँपालिका–५ स्थित खयरबारीको धान खेतको आलीको छेउमा भारत बिहार राज्य किसनगंज जिल्ला ताराबारी पञ्चायत दिघलबैंक थाना बेदबारी गाउँ ७ बस्ने ६० वर्षिय गोपी मर्डी मृत फेला परेका हुन् । मृतकका छोरा २५ वर्षिय बुधलाल मर्डीले आफ्नो बुबा भएको भनी पहिचान गरेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ७ः१० बजेको समयमा खेतको आली छेउमा तत्काल नामथर वतन नखुलेको, हेर्दा सन्थाल जातिको जस्तो देखिने, कालो वर्ण, आकासे कलरमा सेतो धर्सा भएको लुंगी लगाएको मानिस उत्तानो परी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बिहान ११ बजे घटनास्थलमा कानुनी प्रकृया पुरा गरि शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । छोरा बुधलालका अनुसार मृतक गोपी विरामी रहेका थिए । उनी भारतबाट नेपाल आइरहन्थे ।

२०८० भाद्र २७, बुधबार प्रकाशित 0 Minutes 420 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।