२६ भदौ, विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा एक समूहले तोडफोड गरेको छ । सोमबार बेलुका धरान- १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको छ ।
उपमेयरका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले घरमा तोडफोड गरेको हो । उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी नआएको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



