२०८३ जेष्ठ २८ बिहीबार

स्ववियु अन्तर क्याम्पस टि-१० क्रिकेट: काँकरभिट्टा क्याम्पस ए र कनकाई आर्दश फाइनलमा भिड्ने

काँकरभिट्टा । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुद्वारा आयोजित अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) र कनकाई आर्दश क्याम्पसले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइतबार काँकरभिट्टा क्याम्पस (ए) ले कनकाई सुरुगांलाई र कनकाई आर्दश क्याम्पसले दमक क्याम्पसलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

भदौ १५ गतेबाट शुरु भएको प्रतियोगिता भदौ २६ मंगलबारसम्म चल्नेछ । प्रतियोगितामा प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

२०८० भाद्र २५, सोमबार प्रकाशित 1 Minute 355 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।