२०८३ जेष्ठ २८ बिहीबार

काँकरभिट्टा आई केयर सेन्टरमा १० जना शिविरका बिरामीको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सफल

काँकरभिट्टा । काँकरभिट्टा आई केयर सेन्टरद्वारा सोमबार १० जनाको निःशुल्क आँखाको मोतियाबिन्दुको शल्यक्रिया सफल भएको छ ।

शनिबार आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस ) को आयोजनामा सम्पन्न शिविरमा काँकरभिट्टा आई केयर सेन्टरद्वारा निःशुल्क औषधि वितरण गरी सेवा प्रदान गरेको थियो । बर्षौदेखि आँखामा मोतियाबिन्दु भएर आँखा नदेख्ने समस्या भएका बिरामीहरुको आँखा शिविरबाट पहिचान गरी अप्रेशन गर्न सुरु गरिएको जनाइएको छ ।

उक्त शिविरमा २९ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । २९ जना मध्ये (आज) सोमबार १० जनाको मोतिबिन्दुको शल्यक्रिया सफल भइसकेको काँकरभिट्टा आई केयर सेन्टरले जानकारी दिएको छ ।

काँकरभिट्टा आई केयर सेन्टरले विभिन्न संघ/संस्थासँग सहकार्य गर्दै निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको आई केयर सेन्टर प्रा.लिका व्यवस्थापक योगेन्द्र जित शाहीले बताए ।

२०८० भाद्र २५, सोमबार प्रकाशित 0 Minutes 852 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।