२०८१ पुष २९ सोमबार

भारतको पानीट्याङ्कीमा ठुलो मात्रामा लागु औषधसहित दुई नेपाली युवक पक्राउ

काँकरभिट्टा । भारतमा ठुलो मात्रामा लागु औषधसहित ब्राउन सुगरसहित दुई नेपाली युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गङ्गाप्रसाद मगर रहेको भारतीय प्रहरीले जनाएको छ । झापा निवासी उनीहरूलाई भारतीय प्रहरीले नेपाल -भारत सिमाना नजिक पानीट्याङ्की बजारको न्यु मेची मार्केटबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रदेश १-०१-०१३ प ४२५१ नम्बरको स्कुटरमा सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेका थिए । सोही क्रममा पानीट्याङ्की आउट पोस्ट खोरीबारी प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्कुटर रोकेर चेकजाँच गर्दा डिकीबाट २०५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । साथै उनीहरूसँग नेपाली ९ हजार रुपैयाँ समेत फेला परेको बताइएको छ । ब्राउन सुगर, स्कुटर र नगदसहित पक्राउ परेका दुवै जनालाई पश्चिम बङ्गाल प्रहरीले सिलगढी जिल्ला अदालतमा पेस गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

२०८० भाद्र २५, सोमबार प्रकाशित 1 Minute 417 Views

ताजा समाचार