१२–१३ घण्टा विमानस्थलमा अलपत्र अवस्थामा रहने स्थिति आएपछि दुख लागेको एक क्रिकेटरले मलेसियाबाट बताइन् ।
नेपाल क्रिकेट संघ क्यानले भने प्राविधिक गडबढीका कारण यो समस्या भएको बताएको छ ।
‘हामीले कुरा गरिरहेका छौं, हाम्रो कमजोरीका कारण यो समस्या आएको होइन । त्यहाँ एयरलाइन्सको प्राविधिक गडबढीले समस्या ल्याएको हो’, क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको उनले बताए ।