अधिवक्ता भट्टराईले घरघरमा संविधान जारी गर्नुपर्छ भनेर माग राखी कानुन किताब व्यवस्था समितिलाई समेत मुद्दा हालेका थिए । समितिले सरकारले अनुदान दिएमा घरघरमा संविधान बाँड्न सकिन्छ भनेर लिखित जवाफ दिएको थियो । कानुन मन्त्रालय अन्तर्गतको समिति संविधान र कानुन प्रकाशित गरेर बिक्री गर्ने आधिकारिक निकाय समेत हो ।
समितिले अहिले नेपालको संविधान १३० रुपैयाँमा वितरण गरिरहेको छ । २०७८ सालको जनगणना अनुसार, नेपालमा ५६ लाख ४३ हजार ९४५ घरधुरी छन् । अनलाइन खबरबाट